काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गरेका छन् । दिवसको पूर्वसन्ध्यामा शाहले आज भिडियो सन्देश जारी गरेका हुन् । उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न उनले आग्रह गरेका छन्। सन्देशमा उनले भनेका छन्, ुयतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।
निर्वाचनपछि मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखी राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा सही बाटो समातिने उनको तर्क छ।














