अब पुराना दलका सटर बन्द गर्छौ : रवि लामिछाने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरे ।

‘फागुन २१ गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गर्ने हो । बाचा गर्ने पूरा नगर्ने नेताहरू तर वषौँसम्म सजाय पाउने जनता रु यस्तो हुन्छ १ अब जसले बाचा पूरा गर्दैन, त्यसले सजाय पाउनुपर्छ,’ रविले भने, ‘योपटक परिवर्तनको पक्षमा भोट हाल्नोस् । आज धेरै बोल्दैनौँ । योपटक मत नबाँड्नुहोला । तपाईंको निष्ठाको सम्मान गछौँ । राष्ट्रिय अवसर पूरा गर्न भोट हाल्नोस् ।’

कार्यक्रममा रविले सिंहदरबार जलेको मात्र कुरा गरेकोमा पनि असन्तुष्टि जनाए । जलेको बनाउने मात्र होइन, यसपालि बदलेर नै छाड्ने उनले प्रतिबद्धता जनाए ।

पुराना राजनीतिक दलहरूले ३५ वर्षसम्म काम नगरेको आरोप लगाउँदै रविले सुदूरपश्चिमको समस्या अब रास्वपाले पूरा गर्ने जिकिर गरे ।

  • ६ फाल्गुन २०८२, बुधबार १५:४२ प्रकाशित