आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ६७ रुपैयाँमा कारोबार भइरहेको छ।

  • ४ फाल्गुन २०८२, सोमबार ११:०२ प्रकाशित