पोखरा ।
पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल÷मट्टितेलको भाउ प्रतिलिटरमा ३ रुपैयाँ बढेको छ ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ ।
यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।














