काठमाडौं ।
सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै राजीनामा दिन, रवाना बुझ्न र बिदा बन्द गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्रको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
निर्वाचन अवधिभर सशस्त्रमा कार्यरत कर्मचारीहरुको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्ने तथा अतिआवश्यकबाहेक बिदा स्वीकृत नगर्न(नगराउन सम्पूर्ण कार्यालयहरुलाई परिपत्र गरिएको उनले जानकारी दिए ।















