राजविराज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिका निर्वाचनमा उनी सप्तरी-२ बाट उम्मेदवार बन्दै आएका थिए । २०७९ सालको चुनावमा यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।
राउत क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनेका छन् । रासस















