पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेका रश्मी आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल रहेका छन।
उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्याउदै नवीन सोच र योजना अनुसार विकासको अभियानलाई उचाइमा पुर्याउनु रहेको उल्लेख गर्दै अब राजनिती र बिकास गौरब गर्न लायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।















