काठमाडौं ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । खड्काले मंगलबार सामाजिक सञ्जालमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् ।
‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरीको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया ,भरोसा र विश्वास म प्रति हुँदाहुँदै पनि यस पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले उम्मेदवारको रूपमा रुख चुनाव चिन्हका उम्मेदवारलाई एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउन आग्रह र अपिल गरेका छन् ।















