काठमाडौं ।
गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ ।
भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराएका छन् ।
चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।
गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।















