काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसमा कुनै सत्यता नरहेको बताएका हुन् । भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न आग्रह गरे । गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।















