कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज (सोमबार) सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवशेनको दोस्रो दिन आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो ।

विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने छ । काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह केन्द्रमा पुगेर विष्फोट भएको देखिन्छ ।

संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दोस्रो विशेष महाधिवेशन भइरहेको हो । जहाँ बहुमत प्रतिनिधि सहभागी छन् ।

  • २८ पुष २०८२, सोमबार ०९:०२ प्रकाशित