कांग्रेस विशेष महाधिवेशन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।

राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरु सबै नेताहरुलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरुको सहभागिता रहेको छ ।

विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ ।

  • २७ पुष २०८२, आईतवार १४:१८ प्रकाशित