काठमाडौं ।
उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत रहेका घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि उनलाई वर्तमान गैरदलीय सरकारबाट राजीनामा दिन दबाब बढेको थियो ।
घिसिङले राजीनामा दिनेबारे बुधबार पार्टीका नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए ।
उज्यालो नेपाल पार्टीका नेताहरुले राजीनामा नदिन दिएको सुझावलाई समेत उनले अस्वीकार गरेका थिए ।
बाहिर राजीनामा दिनुपर्ने कुरा उठेकाले अब मन्त्री पदमा नबस्ने बताएका थिए । उनले अब आफ्नो राजनीतिक जीवन सुरु भएको प्रतिकृया दिएका छन्।















