विराटनगर ।
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो!’
वि।सं। २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
मेयर निर्वाचित भएपछि गठन भएको उनको यो पार्टीबाटै उनी अब संसदीय राजनीतिमा होमिन लागेका हुन्।















