जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो ।

लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

  • २३ पुष २०८२, बुधबार १२:१३ प्रकाशित