सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको कार्यालय भने जोगिएको ‍थियो । अन्य सबै ठूला दलका कार्यालय भने ध्वस्त भएका छन् ।

यसअघि सरकारी टोलीले कांग्रेस, एमाले, नेकपासहितका दलको कार्यालय अनुगमन गरिसकेको छ ।कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली आज रास्वपा कार्यालय पुगेको हो । त्यहाँ टोलीले उपसभापति डीपी अर्यालसहित नेताहरूसँग संवाद गरेको छ ।

  • ९ पुष २०८२, बुधबार १६:१२ प्रकाशित