स्थानीय मदिरा ब्राण्डिङ र गाँजाखेतीले अर्थतन्त्र चलयामान गराउँछ :मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय मदिराको ब्राण्डिङ र गाँजाखती गरेर बाँजो जमीन उपयोग गर्न सके ग्रामिण अर्थतन्त्र चलायमान हुने बताएका छन् ।

लेखनाथ उद्योग वणिज्य संघले आयोजना गरेको २१ औं संस्करणको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय मदिराको उत्पादन र ब्राण्डिङका लागि गण्डकी सरकारले कानून निर्माण गरिसकेको र औद्योगिक एवं औषधीजन्य पदार्थको रुपमा उपयोग गर्न गाँजाखेती गर्ने सम्बन्धि कानूपनि संसदमा विचाराधिन अवस्थामा रहेको उनले जानकारी दिए ।

उनले यसको ब्राण्डिङ र कच्चा पदार्थको रुपमा उपयोग गर्नेढंगले निजी क्षेत्रले पनि साथ दिनुपर्ने धारणा राखे । ‘स्थानीय मदिरा उत्पादन र ब्राण्डिङ गर्ने कानून निर्माण भइसकेको छ । औद्योगिक कच्चा पदार्थ र औषधीजन्य पदार्थको रुपमा उपयोग गर्न गाँजाखेती गर्ने बाटो खोल्न कानून बनाएर संसदमा पेश गरेका छौं । यो भयो भने ग्रामिण क्षेत्रको अर्थतन्त्र केही चालयमान हुन्छ भन्ने विश्वास छ । यसमा निजी क्षेत्रको पनि ठूलो सहयोग हुने अपेक्षा गरेका छौं’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले प्रदेशमा औद्योगिक वातावरणका लागि प्रदेश सरकार लागि परेको बताए । खासगरी नवलपुरको लौकाहा खोला र कास्कीको पुँडीटारमा गरेर दुईवटा औद्योगिक क्षेत्र निर्माणका लागि डिपिआरु समेत बनिसकेको अवस्थामा त्यसको जग्गा प्राप्ति हुन नसकेको उनले सुनाए । संघीय सरकारले जग्गा भोगाधिकार नदिँदा प्रदेश सरकारले आफ्नो लक्ष्य भेट्न नपाएको र निजी क्षेत्रले उद्योग स्थापना गर्न नपाएको उनको भनाई थियो ।

उनले कोरला नाकालाई खुलाएर भन्सार र इमिग्रेसन स्थापना गर्न प्रदेश सरकार लागिपरेको उनले बताए । आफू तिब्बत भ्रमणमा जाँदा आफूले कोरला नाका सञ्चालनको एजेण्डा राखेको र चिन सरकार सकारात्मक रहेको पनि उनले सुनाए । अपर मुस्ताङ प्रवेशमा चर्को शुल्क लिइएको चर्चा गरेको उनले अब प्रति दिन ५० डलर तिरे पुग्ने व्यवस्था भएको उनले जानकारी दिए ।

कोरोला नाका सञ्चालन गर्न सके त्यसले अन्य चीन तर्फका नाकाको विकलप दिनसक्ने अनि पोखरा र यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने उनले उल्लेख गरे ।

पर्यटकको पहिलो रोजनाईमा रहेको पोखरालाई हवाई र सडक कनेक्टिभिटीले जोड्ने कूरमा प्रदेश सरकार सम्बेदनशिल रहेको चर्चा गरेका उनले संघीय सरकारले पोखरा विमानस्थलमा अन्र्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताए । त्यसैगरी निजी हवाई कम्पनीसंग अन्य ६ वटा प्रदेशका राजधानी जोड्ने सवालमा कूरा अगाडि बढेको उनले उल्लेख गरे ।

  • ३ पुष २०८२, बिहीबार १६:३८ प्रकाशित