एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर ९१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।

सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज सम्झौता भएको हो ।अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भयो । यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको अर्थले जनाएको छ ।

यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहने छ ।

ऋण सम्झौतामा अर्थ सचिव डा। घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।

कार्यक्रममा सहसचिव डा। धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए ।

एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

  • २ पुष २०८२, बुधबार १६:२९ प्रकाशित