काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भयो । ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।















