भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार त्यो प्रकरणमा ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको रातोपाटीलाई जानकारी दिए । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।

  • २५ मंसिर २०८२, बिहीबार १६:४५ प्रकाशित