दार्चुलाको कालापानी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

दार्चुला केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा.लोकबिजय अधिकारीले  कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएका हुन् ।

गएको आइतबार बिहान पनि दार्चुला केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पविद् अधिकारीका अनुसार नेपाल भौगोलिक रुपमा भूकम्पिए जोखिमयुक्त क्षेत्रमा पर्छ। त्यसमा पनि पश्चिम नेपालमा भूकम्पको जोखिम बढी छ।

पश्चिम नेपालमा गएको पाँचसय वर्षयता ठूलो भूकम्प नगएकाले जोखिम बढी भएको भूकम्पविद्ले बताउने गरेका छन्।

  • २४ मंसिर २०८२, बुधबार ०८:१९ प्रकाशित