स्कुल पछि अब फिल्महल र जिमहल बन्द हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले स्कुलपछि अब फिल्महल र जिमहल पनि बन्द गर्ने भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

  • २ माघ २०७८, आईतवार १६:०१ प्रकाशित