जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् ।

घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ ।

घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।यसका साथै कोही कसैको परिचयपत्र बनाउन छुटेको भए पनिख सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेश गर्न भनिएको छ ।

  • २२ मंसिर २०८२, सोमबार १३:५७ प्रकाशित