काठमाडौंमा इजरायली नागरिकमाथि हातपात गर्ने २ व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङ छन् । उनीहरूलाई आतइबार राति पक्राउ गरिएको हो ।

उनीहरूले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्र्दै हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

ती इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका थिए । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको छ ।

  • २२ मंसिर २०८२, सोमबार १३:५० प्रकाशित