पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनालाई मुद्दा चलाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ ।अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

बोगटीको निधन भइसकेको छ । उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ ।

पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । संसदीय समितिको सिफारिसमा अख्तियारले छानबिन पूरा गरेसँगै अधिकारी सहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा चलाउने निर्णय गर्न लागेको हो ।

तत्कालीन सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो । वैशाख ०८२ मा उपसमितिले बुझाएको प्रतिवेदनमा विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ ।

  • २१ मंसिर २०८२, आईतवार १५:०७ प्रकाशित