निर्वाचन

देशभर १० हजार ९२६ मतदानस्थल, ३ हजार ५१८ अति संवेदनशील

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका छन् ।

निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको छ । अघिल्लो निर्वाचनको मतदानस्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी गरिएको छ ।

यो अहिलेसम्म प्रारम्भिक तयारी रहेको र यसमा केही थपघट हुनसक्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘१० हजार ९२३ मतदानस्थल रहनेगरी एक चरणको छलफल भएको छ । उक्त मतदानस्थलमध्ये ३ हजार ५१८ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ ।

जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले ३ हजार ५१८ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदानस्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन गर्ने गरी तयारी गरिएको छ ।

  • २१ मंसिर २०८२, आईतवार १४:५६ प्रकाशित