मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै

केन्द्रभाग मिडिया

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले आज शपथ लिन लागेका हुन् ।

उनी मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आजै मन्त्रीमण्डल समेत विस्तार गर्ने सम्भावना रहेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार शनिबार राति ७ दलीय गठबन्धनका संसदीय दलका नेताहरूको बैठकबाट जसपा नेपाललाई सभामुख सहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीलाई ३, कांग्रेस तथा लोसपालाई २र२ मन्त्रालय दिने सहमति भएको छ ।

  • २१ मंसिर २०८२, आईतवार ११:३४ प्रकाशित