पोखरा ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले गुड्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली बस्न बनाइँदै गरेको ‘ओली कुटी’लाई लिएर आइतबार विहान समाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन् ।
दुई जना बस्ने कुटीको नक्सा डिजाइन गर्न हाकिमले भनेकोमा ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त भन्दै उनले यस्तो नक्सा बनाउनेलाई कारबाही हुनुपर्ने आफ्नो माग रहेको उल्लेख गरेका छन् ।
‘यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ? एक छिन रमाईलो’ उनले लेखेका छन् ।















