एनपीएल

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ ।

पोखरा पराजित भएमा भने अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्छ जसले प्लेअफको सम्भावना कमजोर बनाउने छ ।

आजको खेलमा पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमान्डुले भने एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।

  • १८ मंसिर २०८२, बिहीबार १२:२४ प्रकाशित