एमाले नेता-कार्यकर्तामा कोरोना अट्याक : यी जिल्लाको निर्वाचन स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका जिल्ला अधिवेशनपछि अधिकांश नेता कार्यकर्ताहरुमा कोरोना सकं्रमणले अट्याक गरेको छ। देशैभरका प्रायः सबै जिल्ला अधिवेशनपछि बिरामी परेका नेता कार्यकर्तामध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको छ ।

हालसम्म एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल ,एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी, नरुलाल चौधरी, सुजिता शाक्य त्यस्तै केन्द्रीय सदस्य रमेश बडाल, पार्वती रावल, नविना लामालगायत कोरोनाबाट संक्रमित बनेका छन् ।

अधिवेशन पछि नेता कार्यकर्तामा संक्रमण देखिएपछि माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।

सिन्धुपाल्चोक र चितवन र पर्साको जिल्ला अधिवेशन स्थगित भएको छ ।

  • २ माघ २०७८, आईतवार १३:४२ प्रकाशित