एनपीएल : चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।

चितवका लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।

  • १६ मंसिर २०८२, मंगलवार १३:३० प्रकाशित