पोखरा उडेको गुणको जहाजमा गडबडीः जहाज पुन काठमाडौं फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फिर्ता भएको छ ।आइतबार बिहान १० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।

ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थलले बताएको छ । अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । सो जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी छ ।

  • २ माघ २०७८, आईतवार १३:०५ प्रकाशित