बाढीको चपेटामा इन्डोनेसिया, ज्यान गुमाउनेको संख्या ५०२ पुग्यो

केन्द्रभाग मिडिया

जाकर्ता ।

समुद्री आँधीका कारण आएको भारी वर्षा पछिको बाढी पहिरोमा परेर इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ ।

त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म बाढीमा परेर ५०२ जनाको ज्यान गएको छ । अरू ५०८ जना बेपत्ता छन् भने २ हजार ५०० मानिस घाइते भएका छन् ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए । बीबीसी संवाददाता निकी विडाडियोका अनुसार पश्चिम सुमात्राका धेरै क्षेत्रमा अझै पनि प्रमुख सहरहरूबाट सम्पर्कविहीन बनेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्यार्थीका लागि अनलाइन कक्ष सञ्चालन भइरहेको छ । केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सिग्नल ठप्प भएको छ । एजेन्सी

  • १५ मंसिर २०८२, सोमबार १५:१७ प्रकाशित