एनपीएल : काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हरायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमान्ठु पछि छ ।

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७।१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

  • १२ मंसिर २०८२, शुक्रबार १५:३१ प्रकाशित