एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् ।

चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ ।दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।

  • १२ मंसिर २०८२, शुक्रबार १२:११ प्रकाशित