जेनजी आन्दोलनका क्रममा भागेका ४ हजार ८५७ कैदीबन्दी अझै फरार

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।

उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

  • ११ मंसिर २०८२, बिहीबार १४:१० प्रकाशित