गण्डकी अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त भएका छन् ।संक्रमित हुनेमा कास्कीका ८०, म्याग्दीका १४,लमजुङका ११, तनहुँका ९, नवलपरासीका ६९, पर्वतका १, र स्याङ्जाका २२ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार ४३८ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ५३ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९२४ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • १ माघ २०७८, शनिबार १७:४४ प्रकाशित