काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) हुने खेलमा विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । खेल त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे शुरु हुनेछ ।
विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ ।
यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।















