माइतीघरमा जेन–जी आन्दोलनका घाइतेहरूको धर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ० घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् ।

एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ ।त्यसलाई रोक्न जेन–जी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।

  • ५ मंसिर २०८२, शुक्रबार १२:२९ प्रकाशित