पोखरा ।
आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । यी सबै मुद्राको भाउ विगत तीन दिनदेखि लगातार घट्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा थियो ।














