टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र हेल्प नेपाल, महिला तर्फ एपीएफ र आर्मी फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल फाइनलमा भिड्ने भएका छन् । त्यस्तै महिला तर्फ एपीएफ र त्रिभुवन आर्मी क्लव उपाधिका लागि भिड्ने भएका छन् ।

शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्ट भएको सेमिफाइनल खेलमा पुरुष तर्फ नेपाल पुलिस क्लबलाई ३–० को सेटमा हराउँदै आर्मी फाइनलल प्रवेश गरेको हो ।
आर्मीले पुलिसलाई २५–१५, २५–१८ र २५–१३ को सेटमा हराएको हो ।

आर्मीले उपाधिका लागि हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपालले साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

हेल्प नेपालले गण्डकीमाथि २५–१८, २५–१६ र २५–२३ को सेटमा जित निकालेको थियो ।

महिला तर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१ र २५–१३ को जित निकालेको हो ।
आर्मीले उपाधिका लागि एपीएफसंग भिड्ने छ । न्यु डायमण्ड स्पोर्ट्स क्लब नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि एपीएफ फाइनल पुगेको हो ।

लिग चरणको अन्तिम खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२०, २५–२० र २५–२३ ले हरायो ।

यस जितपछि पुलिसले ४ खेलमा ६ अंक जोड्यो । तर, पुलिस चौंथो स्थानमा रह्यो ।

न्यु डायमण्डले ४ खेलमा ७ अंक जोड्यो । न्यु डायमण्ड तेस्रो स्थानमा रह्यो ।

एपीएफले ४ खेलमा ८ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रहेर फाइनल यात्रा तय गरेको हो ।

आर्मीले ४ खेलमा ९ अंक जोड्यो । आर्मी शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

भोली फाइनलचरणका खेल हुने आयोजनकले जनाएको छ ।

  • ३० पुष २०७८, शुक्रबार १७:४८ प्रकाशित