तोलामा तीन हजार ८ सयले घट्यो सुन

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार ८ सयले रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ।

सोमबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ६५ रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • २ मंसिर २०८२, मंगलवार ११:३० प्रकाशित