काठमाडौं ।
नेपालमा पछिल्लो समय सक्रिय संक्रमितहरु दिनदिनै बढीरहेका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिदैँ जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।