आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ।

आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँ सस्तो भएको सुन सोमबार पाँच सय रूपैयाँले मूल्य बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।

महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार सोमबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।
आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ।सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७१अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • १ मंसिर २०८२, सोमबार ११:२१ प्रकाशित