स्याङ्जा: ज्यान मार्नेदेखि चोरी/डकैती र लागूऔषध ओसापसारमा संलग्न १६ जना पक्राउ

केन्द्रभाग मिडिया

स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ ।

एकसाता भित्र पक्राउ परेका १६ जना मध्ये ३ जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ज्यान मार्ने देखि चोरी डकैती र लागुऔषध ओसारपसारमा संलग्न रहेका छन् । प्रहरीले अहिले सम्म विभिन्न घट्नामा संलग्न अभियुक्त १० जनाको नाम सार्वजनिक गरेको छ भने ६ जनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ज्यान कसुरमा ७, लागुऔषधमा १, आत्महत्या दुरुत्सान कसुरमा १ र सवारी दुर्घट्ना कसुरमा १ जना पक्राउ गरी सार्वजनिक गरेको छ ।

ज्यानसम्बन्धी कसूरमा छ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताए । स्याङ्जाको आँधीखोला गाउँपालिका १ कालीखर्क जंगलमा भरुवा बन्दुक लिएर बन कुखुरा मार्न गएका सात जनामध्ये एकजनाको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएपछि छ जना पक्राउ परेका हुन् ।

आँधीखोला गाउँपालिका १ का २७ वर्षीय मनोज विकको भरुवा बन्दुकको छर्रा लागेर घटनास्थलमै मृत्युभएपछि फरार भएका थिए । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा आँधीखोला गाउँपालिका १ का २७ बर्षिय सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँका १८ बर्षिय सुनिल बिक, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ बर्षिय धनबहादुर बिकलाई तत्कालै पक्राउ गरिएको थियो ।

त्यस्तै सोही ठाउँका २४ बर्षिय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ बर्षिय साजन कामीलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरी ज्यानसम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दा दर्ता गरिएको बताए ।

त्यस्तै आत्महत्या दुरुत्साहन मुद्दामा स्याङ्जाको पुतलीबजार नगरपालिका १४ लामागे बस्ने टेकनाथ गिरी पक्राउ परेका छन् ।
यसै साता लागुऔषध ओसारपसार गरेको अभियोगमा फेदिखोला गाँउपालिका ४ आरुखर्कका ४३ बर्षिय लक्ष्मी गुरुङ पहारीलाई सर्केटारीबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ ।

१६ महिनाको बालकको चक्कु प्रहार गरी हत्या गरेको र ५ वर्षीय बालिकालाई घाईते बनाएको अभियोगमा पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पनि पक्राउ परेका छन् ।

  • ३० पुष २०७८, शुक्रबार १६:१९ प्रकाशित