पोखरा ।
आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा मुद्राको भाउ भने घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ २४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४६३रुपैयाँ ४७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ११ पैसा थियो ।














