रवि र छविको मुद्दा वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा

केन्द्रभाग मिडिया

बुटवल ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको छ । यसअघि कात्तिक २० गते यसै अदालतले मुद्दाको प्रमाण मिसिल झिकाउने आदेश भएको थियो ।

गत हप्ता पनि यो मुद्दा न्यायाधीश आचार्य र अर्यालको इजलासमा सुनुवाइ भएको थियो ।

  • २७ कार्तिक २०८२, बिहीबार १४:०७ प्रकाशित