निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

केन्द्रभाग मिडिया

काठमाडौं।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ ।
आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।

  • २७ कार्तिक २०८२, बिहीबार ११:२४ प्रकाशित