काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि लागि सुनको भाउ तय गरेको छ । महासंघले आजका लागि तय गरेको सुनको भाउ अनुसार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । आजको भाउ तोलामा अघिल्लो दिनको भन्दा २१ सय रुपैयाँ कम हो । आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ ।















