काठमाडौं ।
आज (मंगलबार) पनि स्थानीय बजारमा सुनको भाउ बढेको छ । आज सुन दुई लाख ४६ हजार ४ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको हो ।
आइतबारको तुलनामा सोमबार दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।















